दफा १५
समितिको बैठक
: (१) समितिको बैठक तोकिएको मिति, समय र स्थानमा बस्नेछ ।
(२) पचास प्रतिशतभन्दा बढी सञ्चालकहरु उपस्थित भएमा समितिको बैठकको लागि गणपूरक संख्या पुगेको मानिनेछ ।
(३) समितिको बैठकको अध्यक्षता समितिको अध्यक्षले वा निजको अनुपस्थितिमा बैठकमा उपस्थित सञ्चालकहरुले आफूमध्येबाट छानेको सञ्चालकले गर्नेछ ।
(४) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा बैठकको अध्यक्षता गर्ने सञ्चालकले निर्णयात्मक मत दिनेछ ।
(५) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि तोकिएबमोजिम हुनेछ ।